२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

कञ्चनपुरमा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार डेरावाल १७ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा भीमदत्त नगरपालिका–३ का घरधनी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीका भाइ कोठामा नभएका बेला गत माघ १२ गते राति घरबेटी जोशीले किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ।

‘किशोरीको जाहेरीपछि अनुसन्धानका लागि घरबेटीलाई नियन्त्रणमा लिएका छौं, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।