
नगरपालिकाले अाज २५अाै नगर स्थापना दिवस मनाएकाे हाे । नगरपालिका मातहतका सम्पूर्ण कार्यालयलाई विदा दिएको थियो ।



डडेल्धुरा (अमरगढि) – डडेल्धुरा जिल्ला सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले नगरभित्रका एकल तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अबसरमा नगरभित्र रहेका २२ जना नागरिकलाई सम्मान गरेको गरेकाे छ ।
११ एकल नागरिक र ११ ज्येष्ठ नागरिक गरि २२ जनालाई सम्मान गरेकाे नगरपालिकाले जनाएको छ। सम्मान स्वरूप दोसल्ला र टिका लगाएर प्रत्येकलाई नगत ३ हजार रूपैयाँ सहित सम्मान गरिएको नगरपालिकाका सूचना अधिकारी लाल साउँदले जानकारी दिए।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बिशेश्वर प्रसाद ओझाले अमरगढीको मुहार फेर्नको लागि आफूहरू निरन्तर लागि परेको बताए।
उनले पहिले अमरगढीमा पर्यटकीय स्थलहरु घटाल थान, उग्रतारा मन्दिर र अमरगढी किल्लालाई मात्रै लिइने गरेकोमा अहिले रावलताेलि गुफा, कास्या टाकुरि, महाभारत वन क्षेत्र , अमरगढि पार्क सहितका दर्जन बढी पर्यटकीय स्थल बनाउन सफल भएको बताए। ‘नगरमा शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातका क्षेत्रमा काम भएको छ।
अहिले यहाँका हिलाम्मे र धुलाम्मे सडक पीच भएका छन्,’ उनले भने, ‘नगरमा काम नभएको होइन थुप्रै काम भएका छन्।
तर, ति कामहरूको सुरूवात मात्रै भएकोले नागरिकले विकासको अनुभुति गर्न पाएका छैनन्।’ २५ औँ स्थापना दिवसको अबसरमा मंगलबार बिहान ८ बजे बजार क्षेत्रमा सरसफाइ गरिएको थियो भने विहान १० बजे डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।
सोही अबसरमा नगरले आज नगरपालिका मातहतका सम्पूर्ण कार्यालयलाई विदा दिएको थियो।
यस्तै, स्थापना दिवसको अवसरमा नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेवाफत राई स्वास्थ्य चौकालाई नगद एक लाखसहित सम्मान गरेको छ ।

























