अहिले यसैपनि अनेक रोगको जोखिम छ । कोरोना भाइरसको त्रास ज्यूँको त्यूँ छ । त्यससँगै डेंगु, मलेरिया, हैजा, भाइरल ज्वरो, टाइफाइड वा पेटको संक्रमण हुने जोखिम रहन्छ ।
मनसुन भनेकै संक्रामक रोग फैलने बेला हो । यतिबेला खानेकुरा, पानीको माध्यामबाट संक्रमण फैलन सक्छ ।
यस सिजनमा धेरैले झेल्ने समस्या हो, पखला ।पखलालाई त्यती जटिल स्वास्थ्य समस्या होइन ।
सरसफाईमा ध्यान दिएमा, पर्याप्त झोल एवं पानी पिएमा, सुपाच्य खानेकुरा खाएमा पखला आफै निको हुन्छ । तर, आवश्यक सावधानी अपनाइएन भने पखलाले जटिल रुप लिने मात्र होइन, ज्यान नै लिन्छ ।
हाम्रो मुलुकमा झाडा–पखलाबाट मृत्यु भएको घटना पढ्न, सुन्न पाइन्छ ।
रोगी, बुढाबुढी र बालबच्चालाई झाडापखलाले धेरै दुःख दिन्छ । यस्तै दुःख दिने भाइरस हो, रोटा ।
खासगरी नवजात शिशु वा कम उमेरका बालबच्चालाई यसले सताउने गर्छ । त्यसो त रोटा भाइरसको संक्रमण सबै उमेरका व्यक्तिमा हुनसक्छ । तर, यसले नवजात शिशु र तीनदेखि पाँच वर्षसम्मको बच्चाहरुलाई रोटा भाइरसको बढी संक्रमण हुने गर्छ ।
यो संक्रमण यसकारण घातक हुनसक्छ कि, यसले कडा किसिमको जल वियोजन गराउन सक्छ । यही कारण बच्चाको मृयु समेत हुनसक्छ ।