२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

वालिङ विरुद्ध नेपाल पुलिस बराबरीमा रोकियो

नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरी खेलेको छ । मंगलबार सम्पन्न पहिलो खेलमा वालिङले नेपाल पुलिसलाई १–१ को बराबरीमा रोकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दुबै टोलिले दोस्रो हाफको सुरुदेखि गोल गर्ने प्रयासलाई तीव्र बनाएको थियो । तर ५२ औं मिनेटमा मात्रै वालिङले क्यामरुनकी मेथो इलुडाइ रुथको गोलबाट खेलमा १–० को अग्रता लियो । तर रेखा पौडेलले उक्त अग्रतालाई लामो समय टिक्न दिएनन् । उनले ६५ औं मिनेटमा पुलिसका लागि जवाबी गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याइन् । 

नेपाल पुलिसले बराबरीसँग अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको त्रिभुवन आर्मीभन्दा एक अङ्क माथि  छ । त्रिभुवन आर्मीले आज हुने दोस्रो खेलमा एपीएफको सामना गर्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।