२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

कञ्चनपुरमा कोभिड खोप सञ्चालनको तयारी

कोभिड खोप सञ्चालनको लागि कञ्चनपुरमा पनि तयारी थालिएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयजकत्वमा जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बसेको बैठकले कोविड विरुद्धको खोप सञ्चालनको लागि तयारी थालेको हो ।

खोप समुन्वय तथा अनुगमन समितिको बैठक पछि खोप सञ्चालनको लागि विभिन्न निर्णय समेत गरिएका छन् । पहिलो चरणमा जिल्लामा कोभिड विरुद्धको खोप प्राप्त भएपछि खोपको भण्डारण र आवश्यक सुरक्षा प्रबन्ध गरिनेछ ।

यस्तै महाकाली अस्पतालमा कोविड खोप केन्द्र स्थापन गरिनेछ । जिल्ला प्रमुख अधिकारी रामकुमार महतोका अनुसार पहिलो चरणको कोविड विरुद्धको खोपको लागि महाकाली अस्पताललाई ३ ओटा खोप दिईने छ । जसमध्ये २ जना सरसफाई कर्मी र १ जना चिकित्सकलाई खोप लगाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिएका छन् ।

पहिलो चरणमा खोप लगाउन सुचिकृत भएका एवम् सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत भएका कोभिड व्यवस्थापनको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा सव वहान चालक, कोविडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी सँगै स्थानियतहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाई कर्मीहरुलाई खोप लगाइने प्रमुख जिल्ला अधिकारी महतोले बताए । खोप कार्ड प्राप्त गरेकाले मात्रै कोविड विरुद्धको खोप लगाउन पाउनेछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।