२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

बिषालु च्याउ खाँदा बिरामी डडेल्धुराकी महिलाको उपचारका क्रममा मृत्यु

धनगढी । चार दिन अघि विषालु च्याउ खाँदा बिरामी परेकी महिलाको आज (मंगलबार ) मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया बिस्ना धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो।

यसअघि उनका ८ वर्षीय छोरा ललितको विषालु च्याउ खाएरै आइतबार मृत्यु भएको थियो।  जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा धामी परिवारका ५ जना  बिरामी परेका थिए। 

बिस्नाका छोरा ललित को डडेल्धुरा अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने  तीन  छोरीको सेती अस्पतालमै उपचार भइरहेको छ।  तीन मध्ये एकको अवस्था गम्भीर भएकाले आइसियूमा  उपचार गरिरहेको अस्पतालले जनाएको छ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।