२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

अठार सय व्यक्तिकाे बिमा बनाउने रतन सिंह चाडकाे संगर्समय कथा:भन्छन् कर्ममा विस्वास गराै

दिपकराज भट्ट /डडेल्धुरा – गाउँ गाउँमा उनी बिमा वाला दाई भनेर चिनिने रतन चाड । सुदुर पश्चिमकाे सुन्दर नगरि जिल्ला डडेल्धुराकाे भागेश्वर गाउँपालिकाकाे ५ सिराड गाउँमा वि.सं २०४२/१०/२९ मा जन्मनु भएकाे हाे ।

सानै देखि सामाजिक काममा अगाडिनै हुने उनी सबै संग घुलमिल गर्ने बाेल्ने स्वभावका थिए। उनले अाफ्नाे पढाइ यात्रा लाई २०६० सालमा एस एल सि पास गरेर राेके। गरिबी का कारणले उनले त्याे समयमा पढाई छाडेर एक बर्ष भातरमा मजुदुरि गरे। उनी गाउँ फर्के ,उनका लागि त्याे दिन सुनाैलाे दिन रह्याे गाउँ अाएपछि स्व.दाजु उदय सिंह चाडले उनलाई नेशनल लाईफ ईन्सुरेन्स काे ऐजेन्ट बनाउने कुरा गरे। उनकाे याे यात्रा निरन्तर बाह्र बर्ष सम्म पनि चलिरहेको छ।

बिमा ईतिहासमै उनले बाह्र बर्षमा १८२० जानाकाे बिमा गरिसकेका छन् भने त्यसकाे बिमाङ्क झण्डै चार कराेड भन्दा माथि हुनु अाउछ। उनले निरन्तर बिमा गर्दै अाउदा उनलाई गाउँ गाउँमा बिमा वाले दाजु भनेर सबैले चिन्छन्। उनी राजनितीमा पनि सकृिय छन् ।

चाड भन्छन् मेराे प्रेरणा स्व. दाजु उदय सिंह चाड र मेरि भतिजि जयान्ति महता हुन् , आज म याे यात्रा सम्म पुगाउनुमा दाजु र मेरि भतिजीकाे नै याेगदान र प्रेरणा हाे । चाड अहिले मासिक पचास हजार अाम्दानि गर्छन भन्छकि घर खर्च चलेकै छ , बिदेश जानू परेकाे छैन पेसामा सन्तुष्ट नै छु।

समाजमा सबै संग भेटघाट हुन्छ खुशि नै छु उनी बिमाकाे बारे यसाे भन्छन् – बिमामा झुक्याउने गर्नु हुदैन। “बिमा ऐजेन्ट भएर काम गर्दा धेरै ध्यानदिनु पर्छ। बिमा एक करार हो बिमित र बिमक बिचको सम्झौता हो बिमा गर्दा बिमा गर्ने मान्छेहरु सँग बिमाको बारेमा राम्रोसँग बुझाएर बिमा गर्नुपर्छ पछि गएर कुनै किसमको अप्ठ्यारो नआअाेस झुटो बोलेर बिमा गर्नु हुदैन अहिले बिमा क्षेत्रमा अस्वस्थ प्रतिसपर्धा छ ।

बिमा गरेपछि डबल पाइन्छ भन्नेहरु धेरै हुन्छन् तर त्यसो होइन बिमा जोखिम बचत को लागि गरिन्छ र बिमामा बोनस हुन्छ कम्पनीको अाय व्याय को अाधारमा बोनस दर कायम हुन्छ त्यसै बोनस दर को अाधारमा बिमा भुक्तानी हुन्छ” ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा पहिलो जीवन बिमा कम्पनी हो यसको अहिले बोनस दर प्रती हजारमा ६४ देखि ८२ रुपैयाँ सम्म छ १५बर्षमा लगभग बोनस डबल हुन्छ भने २५ बर्षमा तेब्बर पनि हुनसक्छ । बिमा एउटा शुद्व पेसा भऐकाले अाफुलाई बिमा ऐजेन्ट भएकोमा गर्व लाग्छ ।

बिमा ऐजेन्ट भएर काम गर्दा अहिलेसम्म ८ अोटा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट तालिम पाईसकेको छु भने तीन चोटि थाइल्यान्ड ,दुवै सिङगापुर देशहरुको भ्रमण पगरेको छु म एउटा पेसागत एजेन्ट हो बिमा गर्नु भनेको अार्थिक बचत जीवनमा अाइपर्ने जोखिमको न्युनिकरण सामाजिक आर्थिक सुधारको काम गर्ने भएकाले अहिले गाँस बाँस कपास सँगै बिमा पनि अनिबार्य भैसके को छ।

चाड बिमा सेक्टरमा निरन्तर काम गरिरहेका छन् । उनी युवाहरूलाई भन्छन् – नेेेेपाल मा साधन स्रोत पर्याप्त छ त्यसकाे सदुपयोग गरेर स्वदेशमै लगानि गराै । स्वराेजगार बनाै बिदेशमा पसिना नबागाअाै स्वदेशमा कर्म गराै फल अवस्य मिल्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।