२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

पत्रकार श्रेष्ठमाथि हातपातको प्रयास : मालपोतका प्रमुखविरुद्ध प्रहरीमा उजुरी

धनगढी ।  धनगढीका पत्रकार सुदर्शन श्रेष्ठमाथि दुव्र्यवहार गर्ने मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । श्रेष्ठले आफुमाथि दुर्व्यवहार, हातपात र हतोत्साहित गर्ने कार्य भएको भन्दै केसीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीमा उजुरी दर्ता गरेका हुन् । 

मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका श्रेष्ठमाथि आइतबार कार्यालयका प्रमुख केसीले दुर्व्यवहार र हातपातको प्रयास गरेका थिए । उनले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् ।

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि आइतबार रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका पत्रकार श्रेष्ठमाथि प्रमुख केसीले हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।