२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कृष्णपुर – २ वाणीमा एक दिने पशु स्वास्थ्य तथा बाझोँपन निवारण शिविर सम्पन्न

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ वाणीमा आयोजित एक दिने पशु स्वास्थ्य तथा बाझोँपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको सहकार्यमा कृष्णपुर नगरपालिका पशु विकाश शाखाले आयोजना गरेको शिविरको आईतबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

नगरपालिकाका पशु विकाश शाखा प्रमुख मान बहादुर केसीको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमाल रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले कृषकहरुको घरमा पाल्दै आएका पशुपंक्षीहरुमा लाग्ने रोगहरुको चेकजाँच र त्यसको निदानका लागी शिविर आयोजना गरिएको बताए ।

शिविरले नगरपालिकाबाट दुरदराजमा रहेका बस्तीहरुमा व्यवसायीक रुपमा कृषिमा आवद्ध किसानहरु तथा स्थानिय कृषकका पशुपंक्षीहरुको उपचारमा सुविधा प्रदान गरेको उनले बताए ।

‘कृृषि पेशालाई मर्यादित र सम्मानित बनाउनका निमित्त तथा कृषकहरुलाई व्यवसायीक कृषि मार्फत आत्मनिर्भर बनाउन नगरपालिकाले बार्षिक रुपमा निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ’ उनले भने ‘कृषि पेशा अंगालेका किसानहरुले आफ्ना पशुपंक्षीमा लाग्ने रोगहरुको चेकजाँच तथा उपचार गर्नका लागी नगरपालिकाको सेवा केन्द्रमा आउन सक्ने अवस्था नरहेको अवस्थामा शिविर मार्फत उनिहरुलाई हामीले सेवा प्रदान गर्दै आईरहेका छौ ।’

नगरपालिकाको सेवा केन्द्र भन्दा टाढा रहेका किसानहरुलाई सहज रुपमा सेवा प्रदान गर्न शिविरले महत्वपुर्ण योगदान दिएको उनले बताए । पशुपंक्षीहरुलाई पनि मानिस जस्तै रोगका समयमा औषधीको खाँचो पर्ने उनले बताए ।

‘जसरी मानवलाई विभिन्न खालका विरामीहरु हुन्छन, त्यसको उपचार गर्नुपर्छ, त्यसरी नै पशुपंक्षीहरुमा पनि विभिन्न किसीमका रोगहरु लाग्ने गर्दछन’ उनले भने ‘त्यस्तो बिरामी पशुपंक्षीबाट मानिसहरुमा पनि रोगहरु सर्न सक्ने हुनाले हामीले घरमा पाल्दै आईरहेका पशुपंक्षीहरुको उपचार तथा तिनिहरुको संरक्षण गर्न अत्यन्त आवश्यक छ ।’

नगरपालिकाभन्दा टाढा रहेका वडाहरुमा केन्द्र राखी दैनिक करिब १ हजार भन्दा बढी पशुपंक्षीहरुको उपचार गर्न शिविर सफल भएको उनले बताए ।

शिविरमा पशुहरुको गर्भ परिक्षण, बाँझोपन निवारण, बारम्बार उल्टी रहने, गर्भ नरहने, कुकुरको रेबिज खोप, पाचन प्रणालीका सम्पुर्ण रोगहरुको उपचार, राँगो, साँढे तथा बोका बन्ध्याकरण, कृतिम गर्भाधान, खाना नखाने, दुब्लाउदै जाने, छेरौटी परेको उपचार, जुका, जुम्रा, उपिँया, किर्नाको उपचार तथा छालाका रोगहरु, घाउँ खटिरा दाँदको उपचार गरिएको पशु विकाश शाखा कृष्णपुरका प्रमुख मान बहादुर केसीले जानकारी दिए ।

नगरपालिकाको सेवाकेन्द्र भन्दा टाढा रहेका वडाहरुलाई लक्षित गरी शिविर आयोजना गरिएको बताउदै उनले शिविरमा पशुपंक्षिहरु सम्बन्धी विशेषज्ञ सेवा समेत रहेको बताए ।

समापन कार्यक्रममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कंचनपुरका कार्यालय प्रमुख डा. पान सिँह ठगुन्ना, पशु विकास अधिकृत शंकर दत्त जोशी, उदय मावी वाणीका अध्यक्ष अर्जुन साउँद लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्णपुर नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिँह बोहराले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।