गुल्मी- चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास भएको छ। नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बीच संघीय सरकारको निति अनुरुप यस चन्द्रकोट गाउँपालिकामा १८ करोड ६ लाख २७ हजार लागतमा ९ रोपनी २ आनामा निर्माण हुन् लागेको आवास सहितको अस्पताल भवन शिलान्यास गर्नुभएको थियो ।



अस्पताल शिलान्यास गर्दै मन्त्रि ज्ञवालीले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने र अब कोहि नागरिक पनि स्वास्थ्य सेवा बात बन्चित हुन् नपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा निस्शुल्क जग्गा उपलब्ध गराउने बिभिन्न द्दछ जना जग्गादाताहरुलाई सम्मान गरिएको थियो । साथै अहिले सम्म गाउँपालिकाकले सार्वजनिक संस्थाका कार्यालयहरु निमार्णको लागी २२ रोपनी जग्गा प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए
Views: 161

























