
कैलाली- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नव निर्मित भवन उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका बिच नब निर्मित २ तले भवनको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीबाट उद्घाटन गरिएको हो।



सामाजिक बिकास मन्त्रालयबाट आर्थिक बर्ष २०७६/०७७ मा क्याम्पसमा फर्निचर सहित २ तले ४ कोठे भवन निर्माणका लागी ५० लाख बजेट छुट्याईएको थियो । समउद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुबेदीले प्रदेश सरकार सुदुरपश्चिम विश्वबिद्यालय संग सहकार्य गरेर अगाढी बढ्ने र आगामी दिनमा पनि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्याम्पस प्रमुख डम्बर बहादुर पालको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रममा मन्त्री सुबेदी प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथीमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. पद्यमकान्त जोशी, कृषि बिज्ञान संकायका डिन डा. लाल प्रसाद हुमागाई रहेका थिए ।
त्यस्तै अतिथीमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालय लेखा नियन्त्रक अशोक सिंह भण्डारी, क्याम्पसका प्राध्यापक, सह प्राध्यापक, बिभिन्न राजनितिक दलका प्रतिनिधी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
क्याम्पस प्रमुख पालले क्याम्पसका गतिविधी संगै स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्राध्यापक लोक बहादुर महराले गरेका थिए ।


























