२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेपालमा आज २७० संक्रमित थपिए

 नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । 

पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४०३ जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना लागेर निको भएका ब्यक्तिको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त मृतकसँगै नेपालमा कोभिडबाट मृत्यु हुने दुइ हजार एक जना पुगेको छ ।

हाल तीन हजार ३१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने तीन हजार ३१२  जना आइसोलेशनमा र १४५ जना क्वारेन्टिनमा छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।