२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कृष्णपुरमा हाइसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हाइसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका -५ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक हाइसले ठक्कर दिँदा पैदल यात्री शुक्रलाल चौरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

शनिबार साँझ ६ बजे पश्चिमबाट पूर्वतिर गइरहेको सुपप्र ०२००१ ख १०४५ नम्बरको हाइसले कैलालीको गोदावरी नगरपालिका -३ बस्ने ५५ वर्षीय चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार चौधरीको टाउको र खुट्टामा चोट लागेको थियो । उनलाई अत्तरियाको पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

चालक कृष्णपुर नगरपालिकाकै वडा नम्बर २ वाणीका २२ वर्षीय चन्द्र बहादुर कुँवर इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रवक्ता थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।