२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज सुदूरपश्चिम बन्द

धनगढीः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार सुदूरपश्चिम बन्द गरेको छ। 

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ। 

विप्लवको बन्दका कारण कैलालीसहितका जिल्लामा यातायात सेवा प्रभावित भएपनि शुक्रबार रातिदेखि नै प्रहरीले स्कटिङ गरेर सवारी साधन गन्तव्य पठाइरहेको जनाएको छ। 

विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।