रेखा साउद/कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटाँ नगरपालिका वडा नम्बर ११ दीपगरमा रहेको श्री दीपनगर आधारभूत बिद्यालयले बिकासको छलाङ्ग मार्दैछ । २०६५ सालमा स्थापित भएको बिद्यालयले १२ बसन्त पारि गरि सकेको छ ।
ग्रामिण भेगमा स्थापना भएको उक्त बिद्यालयमा सुरुवाती चरणमा दीपनगरका केहि बिद्यार्थी मात्रै बिद्यालय आउने गरेको भए पनि गत बिगतका बर्षहरु बाट बिद्यार्थीहरुको संख्या बढदै गएको बिद्यालयका प्रधानाध्यापक सबिता भाटले बताए ।
शान्त एकान्त अनि रमणिय बातावरण भएको दीपनगर आधारभूत बिद्यालयमा प्रारम्भिक चरणमा अभिभावकहरुले ३० ÷ ४० जना सम्म मात्रै बिद्यार्थीहरु लाई हाम्रो बिद्यालयमा पठन पाठनको लागि पठाउने भए पनि गत बिगत बाट करिब १२० देखि १५० जना सम्म बिद्यार्थी भर्ना भई अध्ययन गरिरहेको समेत प्रष्ट पारिन ।
त्यस्तै पहिलेको तुलनामा बिद्यालय ब्यवस्थापन समितिको चासो र खबरदारीका कारण विद्यालयको भौतिक संरचनाहरुमा समेत परिवर्तन आएको छ । प्रतिनिधी सभा सदस्य ९सांसद० नर बहादुर धामीको पहलमा शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रममा लागी परेकाछन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीको पहलमा शुक्लाफाँटाका आधा दर्जन विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । समय सापेक्ष अनुसार विद्यार्थीहरुलाई समय सापेक्ष प्राविधिक शिक्षा दिनका लागि विद्यालयमा प्राविधिक र भौतीक रुपमा सुधार गर्दै स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत रु ५० लाख रुपैयामा बिद्यालय परिसरको करिब ३६९ देखि ३८० मिटर लामो पर्खाल,बिद्यालय प्रेबेश गेट निर्माण गरेकाछन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा पर्ने शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम योजना प्रतिनिधि अर्जुन भट्टले जानकारी गराएकाछन । संसद धामीको कामबाट विद्यालय परिवार र अभिभावकहरु अत्यन्तै खुःसी भएका छन् ।
पछिल्लो समय दीपनगर आधारभुत विद्यालयमा सी सी टिभि क्यामेरा,इन्टरनेटको व्यवस्था,मण्टेस्वरिको माध्यमबाट सरल सिकाइको आभुती,लगाएत गत साल सम्म कक्षा ५ सम्म मात्रै पठन पाठन हुने गरेको बिद्यालयमा यो शैक्षिक सत्रमा कक्षा ६ को अनुमतिका लागि शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखा संग पहल गरिरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बिष्टले बताए ।
गत बर्ष देखि सरकारी बिद्यालयमा मण्टेस्वरिको माध्यम बाट न्यून शुल्कमा अध्यापन गराईरहेको भए पनि शुक्लाफाँटा नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालयमा अध्यापन गराईने मण्टेस्वरिको शिक्षा लाई उदाहरण्ीय काम समेत मान्न सकिन्छ