२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

धनगढी वडा न. १६ को बाल क्लबको अध्यक्षमा इक्सा चौधरी

धनगढी- नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका वडा नं १६ मा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न पाएको छ ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको र बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।

उक्त वडा स्तरीय बाल क्लवको अध्यक्षमा इक्सा चौधरी, उपाध्यक्षमा प्रविन बोहरा ,सचिवमा उमेश साउँद ,सहसचिवमा समिर चौधरी ,कोषाध्यक्षमा सुनिता थापा र कार्यसमिति सदस्यमा योसदा बोहरा , दुर्गा बोहरा, पुष्पा बुढामगर ,बबिता जोशि सहितको वडा नं १६ काे वडा स्तरीय बाल क्लबको नौ सदस्यीय तथर्थ समिति र ज्योति राना, दिपक सेटि, सुनिता जोशि, मनिषा जोशि, बिमला जोशि, शन्तोष एस.के ,अनिल जोशि, उपेन्द्र बोहरा, बिकाश बोहरा , लक्ष्मी जोशि , शोभा भण्डारी सहित ११ जना साधारण सदस्य सहित २० जनाको तथर्त समिति गरिएको छ। उक्त बाल क्लब गठनमा बडा न .१६ का सदस्यहरू पनि उपस्थित रहेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।