२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , एक घाइते

डोटी- भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–२ गरुडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

डडेल्धुराबाट धनगढीतर्फ आइरहेको सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार डडेल्धुराको अमरगढी नगरपालिका–४ का अन्दाजी ३० वर्षीय प्रदिप घिमिरेको मृत्यु भएको हो।

सोही मोटरसाइकलका चालक अमरगढी–४ कै अन्दाजी ३० वर्षीय नरेन्द्र घिमिरे भने घाइते भएको ट्राफिक पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक राजेन्द्र विष्टले बताए। घाइते नरेन्द्रलाई उपचारका लागि धनगढी पठाइएको उनले बताए।

बिहीबार दिउँसो उक्त मोटरसाइकललाई धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से१ख १२४४ नम्बरको मिनीट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।मिनीट्रक र चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक पोष्ट बुडरले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।