डडेल्धुरा – गाउँ गाउँमा सिंहदरबार अाएपछि निकै उत्साहिक भएका अाम नारिकहरुले अहिले कस्ताे अनुभव गरिरहेका छन् र स्थानिय सरकारका जनप्रतिनिधि ले कसरि काम गरिरहेका छन् ।



यस बिषयमा डडेल्धुराकाे भागेश्वर गाउँपालिकाकाे समग्र बिकास को अवस्था र अागामि याेजनाका बारेमा गाउँपालिका अध्यक्ष काैशिला कुमारी भट्ट संग सहकर्मी दिपकराज भट्टले गरेकाे कुराकानि – भागेश्वर गाउँपालिकाकाे भाैगाेलिक अवस्था कस्ताे रहेकाे छ ?
डडेल्धुरा जिल्लाकाे पश्चिम क्षेत्रमा रहेकाे भागेश्वर गाउँपालिकाकाे पुर्वमा अमरगढि नगरपालिका ,पश्चिममा भारतकाे सिमाना, उत्तरमा अजयमेरु गाउँपालिका र दक्षिणमा परशुराम नगरपालिका संग जाेडिएकाे छ । गाउँपालिका ५ वडामा बिभाजन गरिएकाे छ , गाउँपालिकाकाे सदरमुकाम वडा नम्बर ४ बगरकाेटमा रहेकाे छ । यस गाउँपालिकामा पुर्वाधारकाे हालकाे अवस्था के छ ? स्थानिय तहमा हामी निर्वाचित भए पश्चात् हामीले पाचै बडा लाई सडक संञ्जालमा जाेडेका छाै ।
हरेक समुदमयमा स्वच्छ खानेपानिका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियाेजनाकाे समुन्व्यमा खानेपानि याेजनाहरु लागू गरेका छाै , भागेश्वर गाउँपालिककाे शिक्षा क्षेत्रकाे सुधारका लागि हामिले गाउँपालिका बाट स्वयंसेवक शिक्षक व्यवस्थापन गरेका छाै र शिक्षाकाे बिकास गर्नुका लागि हामीले गाउँपालिकाका १०( प्राथमिक) विद्यालयमा अङ्ग्रेजी माध्यमकाे पढाइ सुरु गरेका छाै यति मात्र हाेईन यहाकाे जनशक्ति दक्ष हाेस भन्नुका लागि वडा नम्बर ३ मा प्राबिधिक शिक्षा कृषि जे टि ए काे डिप्लोमा तहकाे अनुमति लिएर पढाइ सुचारु गरि सकेका छाै ।
विद्युत क्षेत्र विस्तारकाे कामलाई तिबृ अगाडि बडाएका छाै । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले कस्ताे पहल चालेकाे छ ? हामीले स्वास्थ्य क्षेत्रमा बिशेष जाेड दिएका छाै । यहाँका दुर्गम क्षेत्रमा साैहुलियतमा फार्मेसी सुचारु गरेका छाै । गाउँपालिकाले ऐम्बुलेन्स सुचारु गरेकाे छ ।
मासिक घुम्ति शिविर राखेका छाै । गाउँपालिकाले १५ सैयाकाे अस्पताल सुचारु गरिसकेकाे छ । सबै स्वास्थ्य चाैकिमा सेवा विस्तार गरेका छाै र स्वयंसेविकाहरु लाई थप कृियाशिल बनाउने काेसिस गरेका छाै । स्वास्थ्य नै सबैभन्दा ठुलाे भएकाले हामीले स्वास्थ्य क्षेत्रमा बढि लगानि गरिरहेका छाै । तपाईं एउटा महिला जनप्रतिनिधि भएकाले महिलाहरुकाे समस्या लाई कसरी हेर्नू भएकाे छ ?
तपाईंले एकदम सान्दर्भिक प्रश्न गर्नु भयो ” म महिला जनप्रतिनिधि यस गाउँपालिकामा निर्वाचित भईसके पछाडि मैले महिलाका सवालहरु लाई निकै चासाेका साथ हेरेकि छु , विशेष गरेर समाजमा महिलालाई गरिने विभेद , अन्यायका कुराकाे बिरुद्ध मैले काम गरिराखेकि छु” ।
हाम्रो समाजका महिला दिदीबहिनीहरु पछाडि पर्नुकाे मुख्य समस्या अशिक्षा हाे । यसका लागि महिला नेतृत्व विकासका लागि क्षमता अभिबृदि तालिम दिने गरेका छाै । यस्तै महिलाहरु लाई जनचेतनामूलक सन्देश दिने , महिनावारी स्वच्छताका बारेमा जानकारी दिने ।
यस अन्तरगत हामिले २०७३ लाई “मर्यादित छुई बर्ष ” का रुपमा काम गरेका थियाै जसमा हामीले महिलाहरु लाई महिनावारी स्वच्छताका बारेका विभिन्न तालिम,गाेष्टि , जनचेतनामूलक सन्देश दिने काम गरेका थियाै र हामिले महिनावारी स्वच्छता लाई ध्यानमा राखेर निसुल्क सेनेटरि प्याड यहाकाे सरस्वति मा बि मा प्याड बर्ष भरि निशुल्क दिने कामकाे थालनि गरेका थियाै जुन निरन्तर छ ।
तपाईंकाे गाउँपालिकाले सुरु गरेकाे उज्यालो भागेश्वरकाे कार्य प्रगति र अागामि याेजना के छ ? हामीले हाम्रो गाउँपालिकाका दुर्गम दुर्गम वस्थिमा उज्यालो पुगाउनुका लागि याे याेजना बनाएका हाै हालकाे स्थितिमा पछिल्लो समयमा काेराेना कहरले काममा केही ढिलाइ भए पनि अहिले काम निरन्तर भईरहेकाे छ।
पाेल गाडिकेकाे छ तार विस्ता हुँदै छ । जम्मा लागत एक कराेड छयानब्बे हजार रहेकाे याे याेजनाले पाचै वडाका दुर्गम वस्थिलाई उज्यालो संग जाेडने छाै ।

























