२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मी ले तलब नपाएको गुनासो

 गुल्मी- रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । तलव नपाउँदा महामारीमा काम गर्ने कर्मचारीको मूल्यांकन नभएको उनीहरुको गुनासो छ ।

प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट २ जना, टेक्निसियन ३ जना, असिस्टेन्ट २ जना, कम्प्युटर अपरेटर १ जना, हेल्पर १ जना र १ जना कुकले तलब नपाएका हुन् । कर्मचारीले असोज ८ गतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए ।

स्वास्थ्यकर्मीको टोलीले तलबको माग गर्दै प्रशासनमा निवेदन दिएको त्यसको समन्वयको लागि स्थानीयतहसँग काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।