२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सुदूरपश्चिमका चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु

 सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा कोरोना संक्रमण दर पत्ता लगाउन  एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलाली, कञ्चनपुर, डोटी र अछामका हटस्पट मानिएका गाउँ र वडामा एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी दिए । 

स्थानीय तहका प्रयोगशाला प्राविधिकलाई तालिम र किट उपलब्ध गराएर परीक्षण थालिएको उनले बताए । यसअघि कोरोना संक्रमण दर उच्च देखिए पनि अहिले घटेको उनको दाबी छ । 

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एन्टिजेन विधिबाट एक घण्टामै परीक्षण रिपोर्ट आउने र अभियान सञ्चालन गरिएका सबै क्षेत्रको संक्रमण दर थाहा पाउन १० दिन लाग्ने बताए । स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले कैलालीका १३ वटै स्थानीय तहमा एन्टिजेन परीक्षण सुरु भइसकेको जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।