नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ । बिहीवार ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९ रहेको छ ।



पछिल्लो २४ घण्टामा २२६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ।
नेपालमा हालसम्म २० लाख ३१ हजार ७५६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ३० जनाको परीक्षण गरिएको छ।
Views: 179

























