२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

३ महिनामा १२ जलविद्युत् कम्पनी

आर्थिक वर्ष २०६६/६७ को माघदेखि चैत महिनासम्ममा १२ वटा नयाँ हाइड्रोपावर कम्पनीहरू दर्ता भएका छन् । चालू आवको सो अवधिसम्ममा कम्पनी रजिस्ट्रारको कार्यालयमा अधिकतम अधिकृत पुँजी रू २ अर्ब ५० करोडसम्मका हाइड्रोपावर कम्पनीहरू दर्ता भएका छन् । सबैभन्दा बढी अधिकृत पुँजी रू २ अर्ब ५० करोड भएको सान्जेन जलविद्युत् कम्पनी र कम अधिकृत पुँजी रू ९९ लाख भएको फिस्टेल हाइड्रो कम्पनी रहेको रजिस्ट्रारको कार्यालयले बताएको छ । रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूलाई विद्युत् उत्पादनसम्बन्धी काम अघि बढाउन विद्युत् विकास विभागले थप स्वीकृति दिनुपर्छ । कम्पनीको कार्य प्रगतिको अनुगमन पनि विभागले नै गर्छ ।

विभागको निजीकरण महाशाखा स्रोतका अनुसार यदि काम सन्तोषजनक नभए कारबाही प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था छ । लाइसेन्स ओगटेर मात्र बस्ने कम्पनीहरूले काम नगरे दर्ता खारेजसम्म हुन सक्छ । ‘दर्ता भएका कम्पनीहरूले लगातार ३ वर्षसम्म विवरण नबुझाए कम्पनी ऐन २०६३ अनुसार कारबाही हुन्छ’ सहायक रजिस्ट्रार वसन्तराज पुरीले बताए । जलविद्युत् कम्पनप्हरू वृद्धि हुनुले अहिले लगानीकर्ताहरू जलविद्युत् उत्पादनतर्फ बढी आकर्षित हुँदै गएको पुरी बताउँछन् ।

३ अर्बको सहयोग
विश्व बैंकले नेपालको ग्रामीण सडक नेटवर्क विस्तारका लागि रू ३ अर्ब १ करोड ५५ लाख बराबरको थप सहयोग गर्ने भएको छ । उक्त सम्झौता पत्रमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव रामेश्वर खनाल र विश्व बैंक नेपालकी निर्देशक सुसान गोल्डमार्कले हस्ताक्षर गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।