२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

युवतीले मन चोरेको भन्दै प्रहरीमा उजुरी

एजेन्सी– भारतको नागपुरमा एक युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका छन् । 

एक युवतीले मेरो मन चोरेको बताउँदै नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए । 

हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए । 

अन्य प्रकारका चोरीका मामिला भारतमा नौलो नभएपनि यस्तो चोरीको उजुरी पहिलो र अचम्मलाग्दो थियो । 

एकछिन छलफल गरेपछि प्रहरीले भारतमा यससम्बन्धमा कुनै कानुन नभएको भन्दै मुद्दा दर्ता नगरी ती युवकलाई फर्काएका थिए । हालसालै भारतमा चोरी भएको ८२ लाख रुपैयाँ फिर्ता गर्ने कार्यक्रममा एक प्रहरी अधिकारीले यो घटनाको खुलासा गरेका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।