२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

मूलाको पातले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

एजेन्सी– मूला खासगरी तरकारी र सलादको रुपमा प्रयोग गरिन्छ । यसको पातको खासै प्रयोग गरिदैँन् तर, यसको पातमा पनि धेरै प्रकारका पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, फोलिक, एसिड, भिटामिन सी लगायतका तत्व पाइन्छ ।

मूलाको पातमा भिटामिन ए, बी र सी पाइनुका साथै क्लोरिन, फस्फोरसस, सोडियम, आइरन, म्याग्नेसियम तथा अन्य थुप्रै पोषक तत्वहरु पाइन्छन् । जुन पेटका लागि फाइदाजनक हुन्छ ।

मूलाको पातको प्रयोग रोटी बनाउनमा गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमतामा बृद्धि हुन्छ र थकान महसुस हुँदैन ।

पाइल्सजस्ता रोगका लागि मूलाको साग खानु अति उपयोगी मानिन्छ । सधैं यसको साग खानाले यस्तो समस्या समाधान हुनसक्छ ।

यसमा सोडियम पनि हुन्छ र यसले शरीरमा नुनको कमी हुन दिँदैन जसले गर्दा रक्तचापका बिरामीलाई धेरै उपयोगी हुन्छ ।

यसमा फाइबर धेरै हुन्छ त्यसैले कब्जियतबाट जोगाउँछ । यसको रसलाई पानी र मिश्रीमा मिसाएर पिउनाले जण्डिसबाट जोगाउँछ । यत्ति मात्र नभई यसले कपाल झर्ने समस्यालाई पनि कम गर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।