मुल्य बृद्वि तत्काल फिर्ता लिनु अनेरास्ववियु डडेल्धुराकाे अनुराेध : बुझायाे विज्ञप्ति
डडेल्धुरा –
पेट्रोलियम तथा खाद्य पदार्थमा गरिएकाे मूल्य बृद्धि तत्काल फिर्ता माग गर्दै अनेरास्ववियू डडेल्धुराले जिल्ला प्रशासन डडेल्धुरा मार्फत सरकारलाई प्रेस बिज्ञप्ति बुझाएको छ । अाज दिउसाे १२ बजे जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख लाई अनेरास्ववियु डडेल्धुरा का अध्यक्ष सन्ताेष भट्टले पत्र बुझाएका हुन । विज्ञप्तिमा लेखिएकाे छ काेराेना महामारीकाे समयमा जनता लाई गाँस, बाँस , कपासकाे व्यवस्था गर्नु काे साटाे उल्टै जनताकाे ढाड सेक्ने काम गरेकाले याे कार्य फिर्ता लिनु अनुराेध गर्दछाै ।



Views: 162

























