२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

मानवता प्रवर्द्धनको महाँअभियान मेचीमहाकाली यात्राका अभियन्ता लाई झलारिमा स्वागत

मानव सेवा आश्रमकाे मानवता प्रवर्द्धनको महाँअभियान मेचीमहाकाली यात्रा कंचनपुरकाे झलारिमा पुगेकाेछ।मानवियताकाे कुनै सिमा हुदैन निस्वार्थ गरिने मानव सेवा नै मानव सेवा हाे।भन्ने पवित्र उदेश्य राखि सडक मानवकाे उद्वारकाे लक्ष्य लिएकाे राष्ट्रिय अभियान माघ ७गते झलारिमा पुगेकाे हाे।शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल वहादुर ऐर,उप प्रमुख तुलसि देवि हमाल,शुक्लाफाँटा युथ नेटवर्ककाे टिम स्थानिय व्यवसायीले झलारि आगमनमा स्वागत गरेका थिए।स्वागत शुभकामना दिदै नगर प्रमुख ऐरले मानव सेवा आश्रमले मानवता प्रवर्द्धनको महाँअभियानकाे प्रसंशा गर्दै राज्यको मुलधारमा नआएका शारीरिक मानसिक रूपमा अस्वस्थ भई खुला आकासमुनि रात विताउन विवश,घरवारविहीन,वेसाहारा,असाहाय काे उद्वारका लागि संस्थाले गरिरहेकाे निशुल्क सेवा अत्यन्त सराहनीय रहेकाे वताए।उनलेभने मानवसेवा उत्तम सेवा भएकाले जन उत्तरदायी भावनाका साथ स्थानीय सरकारले समेत पराेपकारि संस्था संग सहकार्य गरि सडक मानव मुक्त नगरपालिका वनाउने प्रतीवद्वता व्यक्त गर्दै नगर प्रमुख ऐरले भने केही दिन पहिले मात्रै झलारि वजारमा रहेका मानसिक संन्तुलन गुमाएका सडक मानवलाई शुक्लाफाँटा युथ नेटवर्ककाे सहकार्यमा उद्वार गरिएको उनले वताए।सामाजिक सेवाका रूपमा गरिने यी पराेपकारि कार्यले सवैमा मानवता जागृत गरि उत्प्रेरणा जगाउने विश्वास व्यक्त गरे।मानव सेवा आश्रमका परिकल्पनाकार रामजि अधिकारिले मरेपछिकाे स्वर्ग नर्गको कल्पना गर्ने हाेईन,वाँचुन्जेल जिवनमै स्वर्गको अनुभुती गर्ने हो।शुख शान्ति समृद्धि चाहने हाे भने प्रतेक जनजनमा मानवता जागृत गराउनुपर्ने वताए।उनलेभने सवैमा मानवता जगाउन सके काेहिपनि वेसाहारा,घरवारविहीन भई सडकमा आउनु नपर्ने अवस्था निर्माण भई असल चरित्रवान संस्कारिक नागरिक निर्माण गर्न सकिने हुदा नागरिकमा जनचेतना जगायर मानवियताकाे राष्ट्र नेपाल वनाउने उदेश्य वाेकेर मेचीमहाकाली अभियान थालेकाे अधिकारीले जनाए।कार्यक्रममा स्वागत मन्तव्य समाजसेवि केपि पाण्डेयले गरेकाे कार्यक्रमको संचालन शुक्लाफाँटा युथ नेटवर्कका संयाेजक हरिश धामिले गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।