महान दार्शनिक शुकरातको जन्म ग्रीसको प्राचीन मिथकीय नगर एथेन्समा भएको थियो । ईसापूर्व ४६९ ४७० मा जन्मेका उनले आफ्ना ज्ञान र महान विचारलाई कुनै पनि कितावमा भने छपाएनन् ।



उनका शिष्य प्लेटो र जेनोपाmेनले आफ्ना गुरु शुकरातका आदर्श, दर्शन र विाचारधारालाई विश्वभरि नै फैलाएका थिए । उ
नका महान विचारलाई पाश्चात्य दर्शन र तर्कशास्त्रको जग मान्ने गरिन्छ । शुकरातका विचारका कारण नै जनजागरण फैलिएको थियो भने उनका विचारको लोकप्रियताको कारण राजतन्त्रको जगसमेत हल्लिएको थियो ।
जनजागरणकै कारण भयभीत राजतन्त्रले ईशापूर्व ३९९ मा उनलाई विष खुवाएर मृत्यु दण्ड दिएको थियो ।
महान दार्शनिक शुकरातका १६ जीवनोपयोगी भनाईहरु
१। प्रायः तपाईको गहन ईच्छाले नै विकराल घृणाको जन्म हुन्छ ।
२। झुठो शब्द आफैमा मात्र खराब हुँदैन,त्यसले तपाईको आत्मालाई पनि खराब बनाउँछ ।
३। आफ्नो अमूल्य समयलाई अरुले लेखेको र भोगेको कुराबाट आफैलाई सुधार्न लगाउ, किनभने तिमीले त्यो कुरा सहजै थाहा पाउँदछौ, जुन कुरा उनीहरुले कठिन मिहेनत र भोगाईबाट पत्ता लगाएका थिए ।
४। हाम्रो प्रार्थना वरदानको लागि होइन, आशीर्वादका लागि हुनुपर्दछ, किनभने भगवानलाई हाम्रो लागि सहि के हो भन्ने कुरा सबै थाहा छ ।
५। जहाँ सम्मान हुन्छ त्यहाँ डर पनि हुन्छ तर हरेक डरमा सम्मान हुँदैन, किनभने डर सम्मान भन्दा धेरै व्यापक छ ।
६। सौन्दर्य आपत्कालिन अत्याचार हो ।
७। जस्तोसुकै अवस्थामा विवाह गर्नुपर्दछ, यदि असल श्रीमती प्राप्त भयो भने तपाईको जिन्दगीमा खुसीयाली छाउनेछ र खराब श्रीमती परे तपाई दार्शनिक बन्नुहुनेछ ।
८। मृत्यु सम्भवतः मानवीय वरदानमा सबैभन्दा महान छ ।
९। बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाईका साथ बाँच्नुले अर्थ राख्दछ ।
१०। म जीवित व्यक्तिहरुमा सबैभन्दा वुद्धिमान हुँ किनभने मलाई यो थाहा छ कि मलाई केहि पनि आउँदैन ।
११। मूल्यहीन व्यक्तिहरु केवल खान र पिउँनका लागि बाँच्छन् भने मूल्यवान व्यक्तिहरु बाँच्नको लागि खाने पिउँने गर्दछन् ।
१२। त्यो व्यक्ति सबैभन्दा धनवान छ, जो सानो कुरामा पनि सन्तुष्ट हुन सक्दछ, किनभने सन्तुष्टि नै प्रकृतिको सम्पत्ति हो ।
१३। मलाई एउटा मात्र कुरा थाहा छ ,र त्यो के भने मलाई केही पनि थाहा छैन ।
१४। विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।
१५। मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरि गर्नुहोस् ।
१६। जिन्दगीलाई होइन, एउटा राम्रो जिन्दगीलाई महत्व देउ ।

























