२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

अमेरिकामा उच्च सतर्कताकै बीच ५ ठाउँमा गोली चल्यो

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणको अघिल्लो दिन अमेरिका ५ ठाउँमा गोली चलेको छ । सो घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

यी घटना क्यालिफोर्निया र पेनसिलवेनियामा भएको जनाइएको छ । क्यालिफोर्नियाको गोलीकाण्डमा एक अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

एक सुरक्षा अधिकारीका अनुसार उक्त घटनमा एक संदिग्ध व्यक्तिको पनि ज्यान गएको छ । सेक्रमेन्टो काउन्टीका शेरिफ स्कट जोन्सका अनुसार सोमबार भएको गोलीबारीका घाइतेको अवस्था भने स्थिर रहेको छ । जोन्सका अनुसार मृत अधिकारी भने विभागमा ६ वर्षदेखि कार्यरत रहेका थिए ।

उनका अनुसार संदिग्ध व्यक्ति भने ४० वर्ष आसपास रहेको थियो । घटनामा सामेल भएकोहरुको भने अहिलेसम्म पहिचान भएको छैन । उता, पेनसिल्वेनियामा पनि हवाई फायरिङ भएको जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।