२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

यस्तो पाराले चीनसँग व्यापार गर्न सकिँदैन – उद्योगमन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए ।

नेपाल इन्टरमोडेल यातायात विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्री भट्टले कोभिडको समयमा चीनतर्फको नेपाली नाकामा नेपाली सामान लामो समयदेखिए रोकिएको बताएका हुन् । यसले चीनसँगको व्यापारमा समस्या भएको भन्दै आफूले यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल गरेका बताए ।

“मैले यस विषयमा प्रधानमन्त्रीलाई पनि भनेको छु,” उनले भने, “यस्तो पाराले चीनसँग व्यापार गर्न सकिँदैन ।” उनले अनेक बहानामा एक वर्षदेखि व्यापार रोक्दा जनताको जनजीवन प्रभावित भएको बताए ।

यसले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको मन्त्री भट्टको भनाइ छ । कोभिडयता नेपालको रसुवागढी तथा तातोपानी नाका अघोषित  रुपमा बन्द छन् । जसले गर्दा नेपाली सयौं कन्टेनर भन्सारमा रोकिएर बसेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।