२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ ।

अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । 

त्यस्तै अदालतले सोही घटनामा संलग्न बालिकालाई ललाइफकाई केशरको घरसम्म लैजान सहयोग गर्ने सुनसरी इटहरी उपमाहानगरपालिका– २ भुल्केका खेमराज दमाइँलाई पाँच वर्ष कैद सजाय सुनाएको छ । 

सुन्दासले २०७६ साल भाद्र ८ गते भोजपुर नगरपालिका–१२ टक्सार कोटडाँडास्थित आफ्नै घरको कोठामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई पीडित परिवारको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।