जनक महरा /कंचनपुर -कंचनपुरको कृष्णपुर नगरपालिकामा सामुदायिक वन माथी लगाएको प्रतिबन्ध फुकुवा गर भन्दै बिरोध तथा सभा गरिएको छ ।



कृष्णपुर नगरपालिकामा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता हरुले “सामुदायिक वन माथि लगाएको प्रतिबन्ध फुकुवा गर,उपभोक्ताको अधिकार सुनिश्चित गर ” भन्दै सड्क अवरोध र नारा सहित विरोध तथा सभा कार्यक्रम गरेको हो ।
सरकार तथा वन बिभागले सामुदायिक वन माथी लगाएको प्रतिबन्धले उपभोक्ताहरुलाई सामान्य घाँस दाउरा देखि मानिसको शव जालाउन समेत दाउरा नपाउदा समस्य परेको स्थानीयले बताएका छन् ।
सामुदायिक वनले आफ्नो क्षेत्राधिकार भित्र हरेको वन जङ्गलको संरक्षण गर्ने हुँदा आफ्नो वन क्षेत्रको उपभोग अधिकार पनि दिन आवश्यक रहेको महाकाली सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष गणेश कुवँरले बताएका छ्न ।
उनले भने , सम्बन्धित निकायले हाम्रो आवाज सुन्नु पर्ने तथा सामुदायिक वनलाई लगाएको अवरोध फुकुवा गर्नु पर्ने बताए । वन बिभागले सामुदायिक वनमा लगाएको अवरोध नहटाए सम्म बिरोध गर्ने कार्यक्रमतय भएको र पछी नहट्ने बताए ।


















