२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्ज को परिक्षण प्रसारण सुरु

एकेन्द्र चन्द /डोटी माघ ६ – संचार बिकास नेपाल द्रारा संचालित सामुदायिक रेडियो बडिकेदार १०६.२ मेगाहर्जले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ डोटीको बडिकेदार गाउपालिका वडा न २ खडेउली बाट परिक्षण प्रसारण सुरु गरेको हो हिमाल पाहाड हुँदै तराई सम्म यकै साथ गुन्जने र बालक देखी वृद्धि सम्म सबैको मन छुने समाज रुपान्तरणको लागि संचार अभियान भन्ने मुल नाराका साथ सामुदायिक रेडियो बडिकेदारले परिक्षण प्रसारण सुरु गरेको हो

डोटीको एउटा दुर्गम बस्तीमा रेडियो खोलेर समाजलाइ सत्य तथ्य सूचना प्रसारण गर्ने अझै पनि स्थानीय जनताहरु सूचना प्रविधिको पहुँचमा सजिलै पुग्न नसकेको अबस्थामा आफ्नै गाउँपालिकामा रेडियो स्थापना भए पछि सहज रूपमा सूचना पाउने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण ब चन्दले बताउनु भयो

त्यस्तै गाउपालिकाकि उपाध्यक्ष इन्द्रा बोहरा भाटले रेडियो स्थापना पछि स्थानीय बासिले सहजै रुपमा सूचना पाउने र बडिकेदार गाउपालिकामा रहेका धार्मिक तथा प्रयटकिय स्थलहरुको प्रचारप्रसार गरि गाउपालिकामा बिकास गर्नको लागि रेडियोले महत्त्वपूर्ण भुमिका निर्वाहा गर्नेमा आफुमा बिश्वास रहेको उपाध्यक्ष भाटले बताउनु भयो

त्यस्तै नेपाल पत्रकार महासघ डोटी साखाका सचिब रेडियो बडिकेदार संचालन समितिका अध्यक्ष गणेश मौनीले समाज रुपान्तरणको लागि रेडियो मार्फत कार्यक्रम संचालन गरि जनतालाइ सूचना र मनोरञ्जन दिन आफू प्रतिबद्ध रहेको र रेडियो स्थापनामा महत्त्वपूर्ण भुमिका भुमिका निर्वाहा गर्ने बडिकेदार गाउपालिका लगायत रेडियो स्थापना गर्न अहोरात्र खट्ने रेडियो परिवारलाई हिर्दय देखिनै धन्यवाद दिनु भयो

बडिकेदार गाउपालिका प्रटकिय र धार्मिक हिसाबले धेरै सम्भावना बोकेको गाउपालिका हो गाउपालिकाका कुनाकुना सम्मका जनताजा समस्या लगायत प्रयटन प्रबर्द्धनमा रेडियोले सत्य तथ्य सूचना प्रसारण गर्ने रेडियो संचालन समितिका सचिब नेपाल पत्रकार महासघ डोटीका सदस्य चक्र मल्लले बताउनुभयो रेडियो स्थापनामा महत्त्वपूर्ण भुमिका खेल्न्ने गाउपालिका लगायत रेडियो स्थापना गर्न अहोरात्र खट्ने सहकर्मी साथिहरुलाइ समेत धन्यवाद दिनु भयो

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।