२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा काे भागेश्वर गाउँपालिका कागजमा मात्र मदिरा निशेध गरिएकाे स्थानिय नागरिकाे गुनासाे छ । पाँच वडा रहेकाे गाउँपालिकामा गाउँ गाउमा ,जाडरक्सि पाईने गरकाे छ । गाउँपालिकाकाे १,२,५ वडामा स्थानियहरुले अाफै उत्पादन गरेर जाड बित्रिवितरण गर्ने गरेका छन् भने ३,५ मा डडेल्धुरा सदरमुकाम र बैतडी बाट ल्याएर बेच्ने गरेकाे पाईन्छ । मदिरा नियन्त्रण नहुदा घरेलु हिंसा बढेकाे पाईन्छ ।
भागेश्वर गाउँपालिकाका बगरकाेट , सिराड, रुपाल , बाेगटा, लमिकान्डेमा मदिरा व्यापारीहरुले खुलेअाम बेच्ने गरेकाे स्थानिय बताउछन् । व्यापारीहरुले मदिरा सदरमुकामकाे दरकाे दाेब्बरमा बेच्ने गरकाे छ भने प्रतिबन्धित लिचि ( ठेउका) रु एक सयमा सबै भन्दा बढि बेच्ने गरेकाे छ ।
भागेश्वर गाउँपालिकाकाे सदरमुकाममा रहेकाे बगरकाेट बजारमा पनि हालत भने यहि रहेकाे छ जहाँ लिचि बढि बेच्ने गरेकाे छ । बजार नजिकै प्रहरी चाेकि छ तर प्रहरी चाैकि यस बिषयमा माैन छ ।

यस बिषयमा बगरकाेट प्रहरी कार्यालयका प्रमुख नरेन्द्र राज भट्ट संग बुझ्दा उनले भने – हामी सिंगो प्रहरीकाे याे जिम्मेवारी हाेईन , वडा , गाउँपालिकाकाेकाे के काम । यस्तै तपाईं अाएकाे दुई महिना भित्र कति मदिरा नियन्त्रण गर्नु भयाे? भनेर साेध्दा तपाईं लाई पूरा डाटा किन चाहियाे म दिदैन भनेर फाेन काटि दिएकाे र फाेन गर्दा समेत नउठाएकाे ।
उनी भन्छन् म अाए यता पनि मदिरा नियन्त्रण गरेकाे छु तर कति गरेकाे हाे डाटा दिन नमान्दा प्रहरीले डाटा त लुकाएकाे खुलासा हुन्छ । किन मानेन त भट्टले डाटा दिन यस बिषयमा निरन्तर फलाेअप गरिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।