अत्तरिया :- डोटी जेसिजको अध्यक्षमा बिजयराज ओझा नीरबिरोध चयन भएका छन सोमबार सिलगढीमा भएको जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट जेसिजको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ ।



त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएकाछन् । महासचिवमा गणेश कठायत, कोषाध्यक्षमा प्रवीण उपाध्याय चयन भएका छन् । कानूनी सल्लाहकारमा रोशन कठायतलाई चयन गरिएको छ । निवर्तमान अध्यक्ष निर्मला खत्री आइपिपीमा स्वतः चयन भएको छिन् ।
२०२० का अध्यक्ष निर्मला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमममा बोल्दै प्रमुख अतिथि शाहीले सामाजिक र व्यावसायीक युवाहरुको जमात देखेर सामाजिक, व्यावसायीक र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।
उनले गाउँपालिका तथा व्यक्तिगत रूपमा जेसिजको अभियानलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष ओझाले डोटी जेसिजले युवाहरुको नेतृत्व विकास, व्यवसायीक विकास लगाएत सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

























