२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सडक सञ्जालबाट बञ्चित मनावासी

बाजुरा, ५ माघ । बाजुराको बडिमालिका नगरपालिका–५ स्थित मना गाउँ अझै सडक सञ्जालको पहुँचमा आउन सकेको छैन । नगरपालिका अन्य सबै गाउँ सडक सञ्जालले जोडिएपनि मना गाउँ अझै सडक सञ्जालविहीन रहेको छ । 

जडाङ्गा देखि झण्डै ५ किलो मिटरको दूरीमा रहेको मना गाउँ जाने बाटोको बिच–बिचमा ठूलठूला चट्टान फोड्न गाउँपालिकाको बजेटले मात्र नभ्याएपछि मना गाउँ अझैँ सडक सञ्जालको पहुँचबाट बञ्चित रहँदै आएको हो । 

गाउँमा अन्य भौतिक विकास निर्माणका कार्यक्रम सञ्चालन हुँदै आएपनि सडक सञ्जाल नजोडिएपछि भीरको बाटोमा सामान ओसारपसार गर्न सास्ती खेप्दै आएको बडिमालिका नगरपालिका ५ का स्थानीय मनबहादुर साउँदले बताए । 

सडक नजोडिएपछि अहिले मना गाउँका स्थानीय तिपाडाबाट गाउँसम्म सामान ओसारपसार गर्न रज्जुमार्गको प्रयोग गर्दै आएका छन् ।

२०७३ पुसमा तीपाडा ेखि मनागाउँ जोड्ने ९०८ मिटर लामो रज्जुमार्ग यहाँका चार सय ४० घरपरिवारका स्थानीयका लागि एकमात्र ओसारपसारको साधन बनेको साउँदले बताए । साभार : गोरखापत्र अनलाइन

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।