पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



रेग्मीले गएको असोज १५ गते मुख्यसचिव पदबाट राजीनामा दिएकै दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो ।
यसैबीच निर्वाचन आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेस गरेका हुन्।
Views: 292

























