२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

प्रधानमन्त्रीको प्रश्न– न्यायाधीश र प्रधानमन्त्रीबीच भेटघाट भएको समाचार कसले प्रमाणित गर्न सक्छ ?

काठमाडौं–   न्यायाधीशहरु र  प्रधानमन्त्रीबीच भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीले सो समाचार प्रमाणित गर्न चुनौती दिएका छन् । आइतबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघ केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै  ओलीले सो भेटघाट प्रमाणित गर्न चुनौती दिएका हुन् ।

उनले प्रधानमन्त्रीसँग न्यायाधीशहरुको भेटघाट भएको समाचार झुटो भएको बताउँदै  भने, ‘के यो प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’

ओलीले न्यायालयको हुर्मत लिएर स्वतन्त्र न्यायापालिकामाथि आक्रमण भएको बताए । पछिल्लो समय केही समूह न्यायालयको विरुद्धमा लागेको संकेत गर्दै ओलीले भने, ‘न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटे भनेर अनर्गल समाचार सम्प्रेषण गरियो । यो अदालतमाथिको जनविश्वास कमजोर पार्ने कार्य हो ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।