धनगढी, ४ माघ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली शाखाको आयोजनामा सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७ को आयोजना हुने भएको छ ।



मञ्चले आउँदो चैत ६ गते धनगढीमा दोस्रो पटक स्पोर्ट्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । नौ विधामा अवार्ड प्रदान गरिने मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सीताराम ओझाले जानकारी दिए ।
गत वर्ष पुसमा पहिलो संस्करण अवार्ड आयोजना गरेको मञ्चले छ विधामा अवार्ड वितरण गरेको थियो । यो वर्ष तीन वटा विधा थपिएको जनाइएको छ । अवार्ड विजेतालाई ३० हजारदेखि २० हजार रुपैयाँसम्म पुरस्कार र मेडल प्रदान गरिने जनाइएको छ ।
Views: 137

























