२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

धनगढी, १३ साउन । अहिले देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

आज दिउँसो प्रदेश १,  २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

ती स्थानहरू आसपास भएर बहने नदीमा जलसतह बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

त्यस्तै राति पनि यी प्रदेशहरूका केही-केही स्थानहरूमा पानी पर्ने अनुमान गरिएको छ। 

हाल तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ। साथै मनसुनी वायुको प्रभावका कारण देशभरको मौसममा असर परिरहेको हो। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।