२०८१ चैत्र ६ बुधबार
२०८१ चैत्र ६ बुधबार

साउन महिनामा हरियो चुरा किन लगाइन्छ

साउनको पवित्र महिना शुरु भएको छ । २०७७ सालको साउन महिनाको दोस्रो सोमबार हो । बिभिन्न स्थानमा शिवको पुजा आराधना गरेर मनाइन्छ । साउन महिनाको आफ्नै महत्व र विशेषता छ । यसले प्रकृतिको प्रतिक पनि हो । शिव भक्तको लागि यो महिना खास हो । अन्यको लागि पनि राम्रो हो । साउन महिनामा हरियो रंगले ठुलो महत्व बोकेको हुन्छ । विवाहिता वा अविवाहिता महिलाहरुले हातमा हरियो चुरा लगाउने गर्छन् । हरियो चुरा लगाउनुको कारणको बारेमा आज हामी चर्चा गर्छौ ।

मान्यतानुसार हरियो रंगको महत्वः प्रकृतिको रंग हरियो हुन्छ । यसैले यो महिनामा हरियो रंग लगाउने ठुलो कारण विवाहको प्रतिक मानिन्छ । साउन महिनामा शिवको पुजा विधि विधाननुसार गर्ने चलन छ । त्यसैले महिलाहरुले हरियो रंगको चुरा लगाउछन्, जसमा शिव भगवानको आर्शिवाद प्राप्त हुन्छ । यस महिनामा भगवान शिवलाई हरियो रंगका बेल वा धतुरो चढाइन्छ । हरियो रंग शिवलाई सुहाउँछ । हरियो रंग लगाउदा शिव निकै प्रसन्न हुने पनि विश्वास रहि आएको छ ।

हरियो रंगबारे अन्य पनि मान्यता छन् । धर्म ग्रन्थमा हरियाली प्रकृतिको पनि पुजा गरिन्छ । रुख आदीको पुजा विधि विधाननुसार गर्नुपर्छ । यसरी पुजा गर्दा व्यक्तिले प्रकृतिलाई आभार व्यक्त गरीरहेको हुन्छ । यसैले हरियो रंग लगाउनाले प्रकृतिको पनि आर्शिवाद प्राप्त हुन्छ ।

भविष्यको लागि शुभः बृद्ध ग्रह कोहि व्यक्तिको भविष्य र व्यवसायमा जोडिएको हुन्छ । यसैले हरियो रंग धारण गर्दा मानिसको कार्यक्षेत्रमा सफलता हासील गर्न सक्नेछन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।