२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

बझाङमा वृद्धामाथि जबरजस्ती करणी गर्ने एक जना पक्राउ

बझाङ- बझाङमा वृद्धालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर -५ ओसैल बस्ने ८७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरि फरार रहेका सोही स्थान बस्ने २५ वर्षीय तारा कामीलाई जिल्ला प्रहरी कार्यलय बझाङले पक्राउ गरेको हो।

फरार युवकलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए। 

युवक विरूद्ध जबरजस्ती करणी कसूरअन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको खड्काले बताए। गत पुस २७ गते राति करिब १० बजे वृद्धा घरमा एक्लै रहेको मौका पारेर युवकले जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।