२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

पीएम कपमा त्रिभुवन आर्मीको शानदार जित, गण्डकी ९८ रनले पराजित

 त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

आर्मीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी, ४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।

गण्डकीका समिर कँडेलले अर्धशतक हाने। पीएम कपमा यो दोस्रो अर्धशतक हो। ९० बलको सामना गरेका कडेलले ५ चौका मद्दतमा अर्धशतक हानेका हुन्।

अर्जुन कुमालले ३६ रनको योगदान दिए। दिपक डुम्रे २६, विष्णु पाण्डे १२ रनमा पवेलियन फर्के। गण्डकीका कप्तान विपिन खत्री ३७ रनमा नटआउट रहे।

आर्मीका भीम सार्कीले ३, राजेश पुलामीले ५ विकेट लिए। आकाश चन्द र रोहित पौडेलले एक एक विकेट झारे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रनको योगफल तयार पारेको थियो।

करिअरकै पहिलो शतक हानेका कप्तान विनोद भण्डारीको आक्रामक ब्याटिङ गरेपछि आर्मी बलियो योगफल तयार पार्न सफल भएको हो। कप्तान भण्डारीले लोकेश बमसँग मिलेर १ सय ३ रनको साझेदारी गरेका थिए।

७६ बलको सामना गरेका कप्तान भण्डारीले ९ चौका र ५ छक्का मद्दतमा १ सय ११ रनमा नटआउट रहे। बम ४२ रनमा आउट भए।

त्यसअघि ओपनर हरिकृष्णा झा र राजु रिसालले १८ दशमलव ४ ओभरमा ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। ४८ बलको सामना गरेका झा ले १ चौका मद्दतमा १४ रन जोड्दा पवेलियन फर्के। ७१ बलको सामना गरेमा रिजालले ४५ रनको योगदान दिए। रोहित पौडेल १०, भीम सार्की १५ रनमा आउट भए।

गण्डकी प्रदेशमा लागि विपिन खत्री र विशाल पौडेलले समान २ विकेट लिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।