२०८१ आश्विन २१ सोमबार
२०८१ आश्विन २१ सोमबार

एक साताभित्र एसईईको नतीजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतीजा सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिएको छ । त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजु गर्ने काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिएका हु्न् ।

शिक्षा पत्रकार समूहको सोमवार (१२ साउन)को ‘शिक्षावार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरेलले भने, ‘२५ ओटा समूह बनाएर बिहीवारदेखि हार्डकपी र सफ्टकपी रुजूको काम भइरहेको छ । यसै साता नतीजा प्रकाशनको तयारी गरेका छौं ।’ विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको थियो । तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दा समेत केही त्रुटिहरू पाइएका छन् । एसईई मूल्यांकनका सन्दर्भमा विद्यालय र इकाइहरूसमेत गम्भीर नहुँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताए ।

विद्यालयहरूले आन्तरिक मूल्यांकन पठाउँदा लापरबाही पाइएको हो । आफैले वर्षभरि पढाएका विद्यार्थीको आन्तरिक मूल्यांकन पठाउँदा समेत विद्यालयबाट विषय फरक परेको र सैद्धान्तिक तथा प्रयोगात्मक अंक दिँदा त्रुटि पाइएको हो ।

गतवर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै थिए । कोभिड १९ को महामारीका कारण परीक्षा शुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो । सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतीजा प्रकाशन गर्ने निर्णय लिएको हो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका प्रमुख दीपेन्द्र ढकालले जिल्लाका ३१७ विद्यालयमध्ये १५ ओटाले पूर्णांकभन्दा बढी अंक प्रदान गरेको पाइएको बताए । कुनैले सैद्धान्तिक, कुनैले प्रयोगात्मकतर्फको अंक दिन छुटाएको, कतै विषय विवरण गलत भर्ने गरेको पाइएको भन्दै उनले विद्यालयहरू गम्भीर नहुँदा समस्या आएको औंल्याए । ‘विवरण सही नहुँदा तीनओटा विद्यालयको अंक सफ्टवेयरमा अपलोड नै भएन । पछि पत्र लेखेर हार्डकपी नै बोर्डमा पठाउनुपर्‍यो,’ उनले भने ।   जयन्ती मावि महावु–१, खरीगैरा दैलेखकी प्रअ सरिता गुरुङले यसपालिको एसईई मूल्यांकन विद्यालयको प्रतिष्ठा र विश्वनीयतासँग गाँसिएकाले आफ्नो विद्यालयले निर्देशिका बमोजिम नै मूल्यांकन विवरण इकाइमा पठाएको बताइन् ।

विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको भए पनि एसईई मूल्यांकनको सन्दर्भमा भने स्थानीय तहलाई कुनै भूमिका दिइएको छैन । यसबारे दुखेसो गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले स्थानीय तहले बिग्रिए जस लिनुपर्ने, तर काम गर्न नपाउने अवस्था रहेको बताए । ‘क्वारेन्टाइन भएका विद्यालयलाई मूल्यांकनको काम गर्न छुट्टै ठाउँमा कोठाको व्यवस्था गरिदियौं तर, हामीसँग समन्वय नगरी मूल्यांकन पठाउने काम भयो,’ प्रमुख अर्यालले भने, ‘स्थानीय तहको पनि समन्वयमा यो काम गर्न पाएको भए अझ विश्वसनीय हुन सक्थ्यो ।’

शिक्षा पत्रकार समूहको २०औं भर्चुअल संवाद शृंखलामा देशका विभिन्न स्थानबाट शिक्षक, शिक्षा इकाइका अधिकारी, अभिभावक, शिक्षा पत्रकार लगायत सरोकारवालाको सहभागिता थियो ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।