धनगढी : कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने भएको छ ।



पुनर्वास सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभाका अवसरमा नगर प्रमुख जीवन राज थापाले यसै वर्ष दुई ओटा चिस्यान केन्द्र बनाइने बताएका हुन् ।
उनले एउटा चिस्यान केन्द्र सो सहकारी संस्थाको जमिनमा नगरपालिकाकोे दुई करोड लागतमा बन्ने बताए ।
त्यस्तै अर्को चिस्यान केन्द्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको भानु युवा क्लबको खेलमैदानमा सुदूरपश्चिम प्रदेशको बजेटबाट बन्ने बताए ।
त्यसका लागि आवश्यक प्रक्रिया थालिएको नगरप्रमुख थापाको भनाइ छ ।
चिस्यान केन्द्र निर्माण गरिए त्यहाँका किसानहरुलाई बेमौसमी तरकारी खेती गर्न र व्यावसायिक रुपमा तरकारी खेती गरी अर्थोपार्जन गर्न सहज हुने देखिन्छ ।
Views: 143

























