२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कक्षा १२ को नतिजा १० गतेभित्रै, ‘विद्यालयको चरम लापर्बाही’

कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । 

४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

केही समयअघि नै नतिजा प्रकाशनको तयारी भए पनि विद्यालयहरूको चरम लापर्बाहीका कारण ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । दिनुपर्ने अङ्क, विद्यार्थीको विवरण, उल्लेखित मापदण्डलगायतका विषयमा विद्यालयहरूले लापर्बाही गर्दा ढिला भएको पौडेलले बताउनुभयो  ।

‘हामीले विद्यालयहरूलाई निकै धेरै सिकाएका थियौँ तर उहाँहरूले लापर्बाही गरेर कच्चा काम गरेर पठाएकाले १२ कक्षाको नजिता प्रकाशनमा ढिलाइ भएको हो, विद्यालयहरूले कतिसम्म गैरजिम्मेवार काम गर्छन् भन्ने कुरा अहिले देखिएको छ’, परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले भन्नुभयो । 

जेठमै हुनुपर्ने परीक्षा यस पटक कोरोना महामारीका कारण गएको मङ्सिर ९ गतेदेखि सुरु भएको थियो । हरेक विद्यालयलाई परीक्षा केन्द्र बनाइएको थियो । परीक्षामा चार लाख ३१ हजार विद्यार्थी सहभागी छन् ।

यसपटक ४० प्रतिशत अङ्क सैद्धान्तिक आधारमा, ४० प्रतिशत कक्षा ११ मा पाएको अङ्कका आधारमा र २० प्रतिशत अङ्क प्रयोगात्मक परीक्षाको आधारमा दिइने छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।