२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

प्रहरीमा ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

उनीहरूमध्ये शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुन् । गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।