२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

सन्दीप विकेटविहीन बन्दा उनको टिम पराजित

बिगबास लिग खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विकेटविहीन भएको खेलमा होबर्ट हुरिकेन्स पराजित भएको छ । मंगलबार भएको खेलमा सन्दीपको टिम हुरिकेन्स पर्थ स्कोचर्ससँग ९ विकेटले पराजित भएको हो ।

फितलो ब्याटिङ गर्दै हुरिकेन्सले दिएको १४० रनको लक्ष्य स्कोचर्सले १६.२ ओभरमा १ विकेट मात्र गुमाउँदै भेट्टायो । स्कोचर्सलाई सहज जित दिलाउने क्रममा जेसन रोए र लिअम लिभिङ्सटनले अर्धशतकीय इनिङ खेले । रोय ७४ रनमा नटआउट रहे भने लिभिङ्सटनले ५४ रन बनाए । रोएले ५२ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे भने लिभिङ्सटनले ३९ बलमा समान ४ चौका र छक्का प्रहार गरे । 

हुरिकेन्सका लागि एकमात्र विकेट स्टक ब्लाइन्डले लिए । विकेटबिहीन रहेका नेपाली खेलाडी सन्दीपले ३ ओभरमा ३ ओभरमा २३ रन खर्चिए । सन्दीपले यो सिजन ४ खेलमा ४ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १३९ रन मात्र बनायो । उसका लागि डार्सी सर्ट सर्वाधिक ५४ रन बनाए । उनले ४७ बलमा ७ चौका प्रहार गरे । यस्तै, टिम डेभिडले ३१ र कोलिन इनग्रामले १८ रनको योगदान दिए । 

१० खेलमा समान ५ जित र हार व्यहोरेको हुरिकेन्स १९ अंकसहित तालिकाको पाँचौंँ स्थानमा छ भने पर्थ स्कोचर्स भने २० अंकसहित तेस्रो स्थानमा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।