कञ्चनपुर- नेपाल रग्वी संघ कञ्चनपुरको अध्यक्षमा झलारीपिपलाडी उद्योग बाणिज्य संघ झलारीका महासचिव दिपक भट्ट चयन भएका छन ।



मंगलबार रग्वी संघ कञ्चनपुरको भेलाले महासचिव भट्टलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा डम्बर बहादुर कुँवर, ज्ञान विष्ट, सचिव किशोर भट्ट, कोषाध्यक्ष भानु चौधरी चयन भएका छन । भने सदस्य तर्फ दिनेश भण्डारी, दल ब. धामी, मनिषा रावल, हेमन्त अवस्थी, दान सिह कुँवर रहेका छन ।
रग्वी संघका केन्द्रीय उपाध्यक्ष दिपक देवकोटा, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थितिमा चयन भएको हो ।
रग्वी संघ कञ्चनपुरका नवचयन भएका अध्यक्ष दिपक भट्टले रग्वी खेलको विकासका लागि कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
Views: 195

























