२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

प्रतिनिधि सभा विघटन विरुद्ध महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन

कञ्चनपुर, २८ पुस । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी दिए ।

विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले संसद विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको बताए । यो कदम फिर्ता नहुँदासम्म युवा विद्यार्थीले सडक नछाड्ने बस्नेतले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरीले समेत सम्बोधन गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।