२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

‘हामी यता छाैं’ भन्नेहरूको मुल नेतृत्व नै एकता गराैं भनेर आउँछन् : मन्त्री भट्ट

कञ्चनपुर : नयाँ जनादेशका लागि जनतामा जाने प्रधानमन्त्रीको कदम सही‍ भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताएका छन्। 

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरको महेन्द्रनगरमा आयोजित विस्तारित भेलामा मन्त्री भट्टले भने, ‘हामी सडकमा छौं भन्नेको मुल नेतृत्व नै केही महिनापछि पार्टी एकता गरौं भनेर बालुवाटारमा आउँछन्। उनका हागाबिँगा काट्न सबै लागौं’, एक्लिएपछि पार्टी एकताका लागि आउँछन्।’

 ‘हिजोको कार्यशैली र सोचले काम छैन, ‘उनले भने, ‘नयाँ नयाँ सोच विचारले हुँदैन।’ हिजो जनयुद्ध लडेको, त्यसको व्याज खान नआएको चर्चा गर्दै उनले विगतको  हिसाबले मूल्यांकन नहुने बताए। मूल नेतृत्वलाई बलियो बनाउनका लागि रणनीति बनाउन लाग्नुपर्ने उनको भनाइ थियो।  

नयाँ इतिहास नयाँ सोच, चिन्तन र कार्यशैलीका साथ पार्टीलाई बढाउने बेला आएको धारणा अघि सार्दै उनले पार्टीको स्वार्थलाई माथि राखेर कार्य गर्नुपर्ने बेला आएको बताए। 

‘पहिला हामी को कसका नजिक थियौं। त्यो भ्रम नपालौं, त्यस कुराले महत्व राख्दैन’, उनले भने, ‘पार्टीको संगठन गर्ने कार्य क्षमता र मूल्यांकनका आधारमा जिम्मेवारी दिइनुपर्छ।’ 

वर्तमान समयमा चिन्तन बदल्ने, विश्व राजनीतिलाई बुझ्ने, राष्ट्रिय पुँजीको विकास गरी नयाँ ढंगबाट जाने पार्टी पंक्तिको विकास जरुरी रहेको उनले तर्क गरे। 

विस्तारित बैठकबाटै ओली समूहले कञ्चनपुरमा साविकसहित ४ सय ५१ सदस्यीय नयाँ कार्य समिति पनि चयन गरेको छ। नयाँ जिल्ला सदस्यलाई स्थायी कमिटी सदस्य भट्टले सपथ ग्रहण गराएका छन्।

नेकपा कञ्चनपुरका अध्यक्षसमेत रहेका ओली समूहका केन्द्रीय सदस्य वीरबहादुर थापाले बैठकको प्रारम्भ गर्दै सचिव, कार्यालय सदस्य सहितलाई कारबाही गरिने र ४ सय ५१ जिल्ला सदस्य थप गरिने बैठकमा जानकारी दिए।थाहा खबरबाट 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।